लिभरपुलको अपराजित यात्रा कायमै, बोर्नेमाउथविरुद्ध सहज जित
इंग्लिस प्रिमियर लिगको लिड लिडर लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ ।
शनिबार राति बोर्नेमाउथविरुद्ध सहज जित निकाल्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो । लिभरपुलले पहिलो हाफमै दुई–शून्यको अग्रता लिएको थियो ।
लिभरपुलका लागि ३५औं मिनेटमा एलेक्स र ४४औं मिनेटमा नेबीले गोल गरेका थिए । दोस्रो हाफको ५४औं मिनेटमै मोहम्मद सलाहले गोल गर्दै तीन–शून्यको जित निश्चित गरे ।
बोर्नेमाउथले सान्त्वना गोल समेत फर्काउन सकेन । जितसँगै १६ खेलबाट ४६ अंक जित्दै शीर्ष स्थानमा कायमै रहेको छ ।