१३ औं सागको फुटबलमा भुटान फाइनलमा
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा भुटान फाइनलमा पुगेको छ ।
भुटानले शनिबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–० गोलले पराजित गरी फाइनलमा पुगेको हो । यसअघि भुटानले समूह चरणमा बंगलादेशलाई १–० र माल्दिभ्सलाई २–१ गोलले पराजित गरेको थियो ।
समूह चरणमा आयोजक नेपालसँग भने भुटान ४–० ले पराजित भएको थियो। राउन्ड रोबिनको आधारमा जारी प्रतिस्पर्धामा ९ अंक जोडेर भुटानले फाइनलमा स्थान पक्का गरेको हो।
अब भुटानले स्वर्णका लागि बंगलादेश वा नेपालमध्ये एक टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र बंगलादेशबीच आइतबार साँझ साढे ५ बजे खेल हुनेछ।