सर्वोच्चमा बहस गर्न आफैं जान तयार छुः मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सर्वोच्चमा बहस गर्न आफैं जाने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलबारे बहस गर्न आफैं सर्वोच्च जाने बताए । उनले भने, “देशको भविष्यसँग जोडिएको विषयमा बहस गर्न म आफैं सर्वोच्च जान तयार छु ।”
सर्वोच्चले भन्दैमा विमानस्थल निर्माणको पूर्व तयारीको काम नरोकिने बताएका छन् । “कुनै पनि निकाय यो आयोजनाको अवरोध बन्दैन, तर सर्वोच्चले त्यसबारे प्रष्ट हुन खोजेको छ । प्रष्ट बनाउनु सरकारको दायित्व हो”, मन्त्री भट्टराईले भने ।
फिल्डमा नजाने तर, कागजी कामको तयारी गर्न सक्ने उनले बताए । निजगढ विमानस्थल निर्माणका क्रममा रुख कटानको कामबारे कुनै निर्णय नलिन सर्वोच्चले शुक्रबार अन्तरिम आदेश दिएको छ ।
२९ मंसीरमा सर्वोच्चले यसबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।