८ एसपी र २१ डीएसपीको सरुवा
नेपाल प्रहरीका ८ जना एसपी र २१ जना डीएसपीको सरुवा भएको छ । २० मंसीरको निर्णयअनुसार, २९ जनाको सरुवा भएको हो ।
सरुवा हुने आठ एसपीमा प्रहरी प्रधान कार्यालयका जनार्दन जिसीको सरुवा स्याङ्जा भएको छ । स्याङ्जाका एसपी राजकुमार लम्साललाई नक्सालमा जगेडामा तानिएको छ ।
सर्लाहीका गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालय कानुन शाखामा, प्रहरी प्रधान कार्यालय सुरक्षा व्यवस्थापनका विश्वमणि पोखरेललाई सर्लाही पठाइएको छ ।
काठमाडौं महानगर ट्राफिकका रविकुमार पौडेललाई काभ्रे पठाइएको छ । काभ्रेका जयराज सापकोटाको दुई नम्बर प्रहरी कार्यालय जनकपुर सरुवा भएको छ ।
धादिङका राजकुमार वैदवारलाई काठमाडौं महानरीय ट्राफिक कार्यालय तानिएको छ । कर्णाल प्रदेश सुर्खेतका रविन्द्र रेग्मीको सरुवा धादिङ प्रहरी कार्यालयमा भएको छ ।