नेपालका लागि किरणसिंहले जिते स्वर्ण
तेह्रौ दक्षिण एसियाली खेलकुद सागको ४२ किलोमिटर म्याराथन पुरुषतर्फ नेपालले स्वर्ण जितेको छ ।
निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गर्दै नेपालका किरणसिंह बोगटीले स्वर्ण जितेका हुन् ।
रजत र काँस्य भने भारतीय खेलाडीले जितेका छन् । साग खेलकुदमा सबैभन्दा कम समयमा म्याराथुन जितेको कीर्तिमान भने नेपालकै बैकुण्ठ मानन्धरको नाममा छ ।
मानन्धरले सन् १९८७ मा निर्धारित दूरी २ घण्टा १५ मिनेट ३ सेकेण्डमा पूरा गरेका थिए ।
बोगटीले स्वर्ण जिते सँगै, जारी सागमा नेपालको स्वर्ण संख्या ४२ पुगेको छ ।