क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनमाथि कडा कार्बाही
क्षमता भन्दा बढी यात्रु बोकेका कारण सवारी दुर्घटना बढेपछि सरकार कडा कार्बाहीमा उत्रने भएको छ ।
इातायात व्यवस्था विभागले सूचना नै जारी गरी क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीलाई कडा कार्बाही गर्ने चेतावनी दिएको हो । क्षमता भन्दा बढी यात्रु बोकेको सवारी दुर्घटना हुँदा यो साता मात्रै १७ जनाको मृत्यु भएको छ ।
१७ मंसीरमा बाग्लुङको बडिगाडमा भएको जिप दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु रहेको खुलेको छ । कुलपुजाका लागि निसिखोला जाँदै गरेको जिपमा २४ जना यात्रु थिए ।
त्यसमध्ये बडिगाड प्रहरी चौंकीले आठ जनालाई निकालेर अर्को गाडी चढाए पनि जिप दुर्घटनामा गर्दा १४ जनाको मृत्यु भयो ।
यस्तै प्रकृतिको सवारी दुर्घटना हुँदा हुम्लामा चार जनाको मृत्यु र १३ जना घाइते भए ।