बार्सिलाेना र रियल मड्रिड बीच शीर्ष बन्ने होड (खेल तालिका सहित)
स्पेनिस ला लिगामा शनिबार ६ खेल हुँदैछ । पहिलो खेल साँझ ५ः३० बजे रियल मड्रिडले स्पान्योलको सामना गर्दैछ ।
रियल स्पान्योललाई हराएर तीन जाड्दै अंक तालिकाको शीर्ष स्थान उक्लने दाउमा छ । समान १४ खेलमा ३१ अंक जोडेको बार्सिलोना धेरै गोल गरेको आधारमा शीर्ष स्थानमा छ भने रियल दोस्रोमा छ ।
उसोत, शनिबार राति नै हुने खेलमा रियल माल्लार्कोलाई हराएर बार्सिलोना पनि शीर्ष स्थानमा कायमै रहने दाउमा हुनेछ । माल्लार्को र स्पान्योल दुवै कमजोर प्रदर्शन गर्दै आएको छ । माल्लार्कोले १५ खेलमा ४ जितसहित सहित १४ अंक जोडेको छ भने स्यान्योल समान १५ खेलमा २ जित निकाल्दै ९ अंक जोडेको छ ।
शनिबार राति ग्रानाडा र एलाभ्स बीच ८ः४५ बजे, लेभान्टे र भ्यालेन्सिया बीच ११ः४५ बजे प्रतिश्पर्धा हुँदैछ ।