लिभरपुल बोर्नेमाउथको सामना गर्दै, आजै चार खेल
इंग्लिस प्रिमियर लिगमा लिड लिडर लिभरपुलले शनिबार राति बोर्नेमाउथको सामना गर्दैछ ।
लिभरपुल र बोर्नेमाउथ बीचको खेल राति ८ः३० बजे शुरु हुनेछ । १५ खेल खेलिसकेको लिभरपुल अपराजित छ । तर, बोर्नेमाउथले भने समान खेलमा ४ जित, ७ हार र ४ बराबरी खेलेको छ ।
शनिबार नै टोटनहाम र बर्ने भिड्दैछ । यो खेल पनि ८ः३० बजे नै शुरु हुनेछ । यही समयमा वार्टफोर्ड र क्रिस्टल प्यालेसबीचको पनि खेल हुनेछ । राति ११ः१५ बजे म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइडेटबीच खेल हुनेछ ।