समाचार शनिबार, मंसिर २१, २०७६

सागको आठौं दिन आजः फुटबल, क्रिकेट सहित १८ खेल हुँदै

हिमालखबर

सागको आठौं दिन आजः फुटबल, क्रिकेट सहित १८ खेल हुँदै

तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) को आठौं दिन शनिबार फुटबल, क्रिकेट लगायत १८ खेल हुँदैछन् ।

शनिबार एथ्लेटिक्स, आर्चरी, बास्केटबल, ह्याण्डबल, कब्बड्डी, साइक्लिङ, सुटिङ, टेनिस, जुडो, बिच भलिबल, पौडी स्क्वस, कुस्ती, बक्स्ङि, भारत्तोलन र फेन्सिङमा प्रतिस्पर्धा हुने छ ।

कुस्ती खेल जनकपुरमा शुक्रबारदेखि शुरु भएको छ भने महिला फुटबल, महिला क्रिकेट, आर्चरी, बिच भलिबल र ह्याण्डबल पोखरामा जारी छ ।

नेपालले शनिबार दिउँसो १ः३० बजे दशरथ रंगशालामा माल्दिभ्स विरुद्ध फुटबल खेल्नेछ भने बिहान ९:४५ बजे किर्तिपुर मैदानमा बांग्लादेश विरुद्ध क्रिकेट हुनेछ ।

बिहान ११ बजे महिला क्रिकेटमा नेपालले काँस्य पदकका लागि माल्दिभ्ससँग भिड्दैछ । जुडो पनि आजैबाट शुरु हुँदैछ ।

 

प्रतिकृया दिनुहोस