बांग्लादेशसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाव
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपाल बांग्लादेश विरुद्ध शनिबार बिहान भिड्दैछ ।
किर्तिपुर क्रिकेट मैदानमा बिहान ९:४५ बजे शुरु हुने खेल नेपालले जित्नैपर्ने दबाव छ । स्वर्ण पदकको संभावना कायमै राख्न फराकिलो अन्तरले बांग्लादेशलाई नेपालले पराजित गर्नुपर्नेछ ।
तीन खेल खेलेको नेपालसँग बांग्लादेशले एक खेल कम खेल्दै चार अंक बटुलेको छ । अझ रनरेट पनि बांग्लादेशकै राम्रो छ । यदि, नेपालले बांग्लादेशलाई फराकिलो अन्तरले पराजित गर्न सके र बांग्लोदश आइतबारको खेलमा श्रीलंकासँग पराजित भए नेपालले स्वर्ण पदकका लागि खेल्ने अवसर पाउनेछ ।
तीन खेलबाट अपराजित ६ अंक जोडेको श्रीलंका अंक तालिकाको शीर्ष स्थानमा छ । तर, नेपालले माल्दिभ्स र भुटानलाई पराजित गरे पनि भने श्रीलंकासँग पराजित हुँदा चार अंक सहित तेस्रो स्थानमा छ ।