बक्सिङमा नेपालका तीन खेलाडी सेमिफाइनलमा
तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) बक्सिङमा नेपालका तीन खेलाडी सेमिफाइनल प्रवेश गरेका छन् ।
पुरुषतर्फ सुसील थापामगर ४९ केजी लाइट फ्लाइमा श्रीलंकाका नुवान कुमारालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरे । ६० केजी लाइट वेटमा सनिल शाहीले निमा दोर्जीलाई हराउँदै सेमिफाइनल प्रवेश गरे ।
यस्तै, भुपेन्द्र थापाले ६४ केजी लाइट वेटमा भुटानका वाङ्दी दोर्जेलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरे । तर, दीपक श्रेष्ठ भने ७५ केजी तौल समूहमा भारतका खेलाडी अंकित खातानासँग पराजित हुँदै बाहिरिए ।