थप समाचार शुक्रबार, मंसिर २०, २०७६

ज्येष्ठ नागरिक अधिकार विधेयक आउँछः उपसभामुख

रासस

उपसभामुख शिवकुमारी तुम्बाहाम्फेले सरकारले ज्येष्ठ नागरिकको अधिकारलाई समेटेर विधेयक ल्याउने तयारी गरिरहेको बताएकी छन्।

उपसभामुख शिवकुमारी तुम्बाहाम्फे

झापाको बुद्धशान्ति गाउँपालिकामा शुक्रबार ज्येष्ठ नागरिकस्तम्भको अनावरण गर्दै उनले ज्येष्ठ नागरिकको हक संविधान, ऐननियममा भए पनि तिनलाई खुशी दिने पहिलो ठाउँ घर भएको बताइन् ।

ज्येष्ठ नागरिक तथा अपाङ्गता भेटघाट चौतारी बुद्धशान्ति–१ को ब्रम्हाण्ड महापुराणको उद्घाटनको अवसर पारेर सो स्तम्भ अनावरण गरिएको थियो ।

गाउँपालिकामा ज्येष्ठ नागरिकलाई वृद्धाश्रम होइन रमाउने ठाउँ दिनुपर्छ भन्ने उद्देश्यले करीब दुई सय ज्येष्ठ नागरिकलाई साप्ताहिक रुपमा भेला भई रमाउने ठाउँ निर्माण गरिएको छ ।

गाउँपालिकामा ज्येष्ठ नागरिकका लागि करीब रु २१ लाखको लागतमा सामुदायिक भवनसमेत निर्माण गरिएको छ ।

प्रतिकृया दिनुहोस