खेलकुद शुक्रबार, मंसिर २०, २०७६

पीएसएलको तीनै श्रेणीको अक्सन सकियो, सन्दीप लामिछाने छनोट भएनन्

हिमालखबर

पीएसएलको तीनै श्रेणीको अक्सन सकियो, सन्दीप लामिछाने छनोट भएनन्

पाकिस्तान सुपर लिगमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने छनोट हुन सकेनन् ।

प्लाटिनम श्रेणीमा नाम दर्ता गराएका सन्दीप तीनै श्रेणीको ड्राफ्ट सकिदा समेत छनोट हुन सकेनन् । प्लाटिनममा नाम दर्ता गराएका सन्दीप डायमण्ड र गोल्डमा समेत छनोट भएनन् ।

एकपछि अर्को महँगो मूल्यमा छनोट हुँदै आएका सन्दीप पहिलो पटक बिक्री नभएका हुन् । अघिल्लो सिजनमा सन्दीपले लाहोर कलन्दर्सबाट खेलेका थिए ।

५० हजार डलरमा कलन्दर्सबाट खेल्दै राम्रो प्रदर्शन गरेर अन्य फ्रेन्चाइजीमा समेत प्रभाव पार्न सफल थिए ।

तर, यसपटक एक लाख ४७ हजार डलरदेखि दुई लाख १८ हजार डलरसम्म पाउने प्लाटिनम क्याटोगोरीमा सन्दीपले नाम दर्ता गराएका थिए ।

प्रतिकृया दिनुहोस