युनाइटेड फाइनान्सको एकैसाथ सात शाखा बिस्तार
युनाइटेड फाइनान्स लिमिटेडले एकै साथ सात शाखा सञ्चालनमा ल्याएको छ ।
युनाइटेडले भैरहवा, हेटौडा, नीजगढ, बर्दिवास, जनकपुर, ईटहरी तथा धरानमा शाखा सञ्चालन गरेको हो । भैरहवा शाखाको उद्घाटन नेपाल राष्ट्र ब्यांकाका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले गरे ।
बाँकी शाखाको उद्घाटन भने सम्बन्धित क्षेत्रका जनप्रतिनिधि र उद्योग बाणिज्य संघका पदाधिकारीहरुले गरेका छन् । पश्चिममा सुर्खेतदेखि ईलामसम्म २२ शाखा बिस्तार गर्दै देशकै ठूलो फाइनान्स बनेको युनाइडेटले दावी गरेको छ ।
युनाइटेड २५औं वर्ष प्रवेशको अवसर पारेर शाखा बिस्तार गरेको हो । युनाइटेड हालै मात्र भारतको प्रतिष्ठित मुक्त फाइनान्ससँग रणनीतिक साझेदार समेत बनेको छ ।