साग महिला क्रिकेटः श्रीलंकासँग पराजित हुँदै नेपालले स्वर्ण पदककाे संभावना गुमायो
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भएको छ ।
श्रीलंकासँग पराजित हुँदै नेपालले स्वर्ण पदकको संभावना समेत गुमाएको छ । श्रीलंकाले दिएको ११८ रनको चुनौती नेपाल निर्धारित २० ओभरमा भेटाउन सकेन ।
९ विकेट गुमाउँदै नेपाल ७७ रनमा सीमित भयो । नेपालका लागि कप्तान रुविना क्षेत्रले २८ बलमा जोडेको १९ रन नै सर्वाधिक स्कोर बन्न पुग्यो । कविता कँुवर १३, करुणा भण्डारी १२ र अप्सरी बेगम ११ रनमा आउट भइन् । अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
श्रीलंकालार्य ११८ रनमा सीमित गर्न नेपालका सरस्वति कुमारी र सोनु खड्काले समान दुई–दुई र अञ्जली चन्दले एक विकेट लिइन् ।
बांग्लादेश, श्रीलंका, माल्दिभ्स र नेपाल सामेल खेलमा नेपाल दुई अंक सहित तेस्रो स्थानमा छ । अव काँस्य पदकका लागि नेपालले माल्दिभ्ससँग शनिबार बिहान ११ बजे प्रतिश्पर्धा गर्नेछ ।