निजगढको रुख कटानबारे तत्काल कुनै निर्णय नलिन सर्वोच्चको आदेश
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुख कटानबारे कुनै निर्णय नलिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अर्को निर्णय नआएसम्म रुख कटानबारे कुनै पनि निर्णय नलिन आदेश दिएको हो ।
बन विज्ञहरु द्वारिका ढुंगेल, कृष्णप्रसाद भण्डारी, तारा सापकोटा लगायत ९ जनाले १६ मंसीरमा सर्वोच्चमा रीट दर्ता गरेका थिए ।
उक्त रीटको सुनुवाई गर्दै न्यायाधीश मोक्तानको इजलासले यसबारे दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
२९ मंसीरमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठूलो संख्यामा रुख कटान हुन लागेको भन्दै सर्वोच्चमा रीट दायर भएको थियो ।