थप समाचार शुक्रबार, मंसिर २०, २०७६

प्रदेश एकले दश वर्षे गुरु योजना सार्वजनिक गर्ने

हिमालखबर

प्रदेश एकले दश वर्षे गुरु योजना सार्वजनिक गर्ने

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले चाँडै दश वर्षे गुरु योजना सार्वजनिक हुने बताएका छन् ।

मुख्यमन्त्री राईले स्वच्छ, सुखी र समुन्नत प्रदेशको निर्माणका लागि शहरी विकास, पर्यटन क्षेत्रका लागि १० वर्षे गुरु योजना चाँडै सार्वजनिक गरिने बताए ।

योजनाबद्ध विकास कार्यमा संघीय, प्रदेश र स्थानीय सरकारले निजी क्षेत्रसँग समन्वय गरी रोजगारी बढाउनेतिर लाग्ने मुख्य मन्त्री राईले बताए ।

मुख्यमन्त्री राईले सुनसरीको दुहवी नगरपालिकाको बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक गरे ।

ती योजनाहरुमा दुहवी नपा–७ मा रु ९३ करोड ३१ लाखको लागतमा निर्माण गरिने गोल्डेल वाटर पार्क, वडा नं ११ तनमुनामा रु सात करोडको नगरप्रमुख आवास योजना, वडा नं ४ मा रु २० करोड ९६ लाखकोे रङ्गशाला र सोही वडामा रु १२ करोड ३७ लाखको हाटबजार रहेका छन् ।

प्रतिकृया दिनुहोस