टेष्ट राष्ट्र बांग्लादेशसँग भुटान पराजित
तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा टेष्ट राष्ट्र बांग्लादेशसँग भुटान १० विकेटले पराजित भएको छ ।
भुटानले दिएको ७० रनको चुनौती बांग्लादेशले बिना विकेट ६.५ ओभरमै भेटायो । टस जितेर पहिले ब्याटिङ रोजेको भुटानले संघर्षपूर्ण २० ओभर खेल्यो ।
बलियो टीम बांग्लादेशले भुटानको पहिलो विकेट २९ रनको साझेदारीपछि मात्रै लिएको थियो । ओपनिङमा आएका भुटानका तेञ्जेन वाङचुकले २९ बलमा बनाएको १५ रन नै भुटानको सर्वाधिक स्कोर बन्यो ।
भुटानले सात विकेटको क्षतिमा ६९ रन मात्रै बनाएको थियो ।