माल्दिभ्स विरुद्ध टस जितेर नेपाल ब्याटिङमा
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।
खेल १ बजेबाट शुरु हुँदैछ । नेपाल यसअघि श्रीलंकासँग पराजित भएको छ भने भुटान विरुद्ध कीर्तिमानी जितनिकालेको छ ।
दुई खेलबाट दुई अंक जोडेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । तीन खेलबाट श्रीलंका अपराजित ६ अंकसहित शीर्ष स्थानमा छ भने बांग्लादेश पनि दुई खेलबाट अपराजित चार अंक सहित दोस्रो स्थानमा छ ।
भुटान र माल्दिभ्सले भने अहिलेसम्म अंक जोड्न सकेको छैन ।