समाचार मंगलबार, माघ २९, २०७५

अदालतबाटै अभियुक्त फरार, अदुअआबाटै असइ

हिमालखबर

कैलाली जिल्ला अदालत परिसरबाटै मंगलबार एक अभियुक्त फरार भएका छन् ।

जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमाईंलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला झुक्याएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए । हतकडी लगाएकै अवस्थामा फरार दमाईंको खोजी तीव्र पारिएको प्रहरीले उनले बताए ।

उता महोत्तरीमा दश हजार रुपैयाँसहित रङ्गेहात अख्तियार दुरुपयोग आयोगद्वारा नियन्त्रणमा लिइएका प्रहरी सहायक निरीक्षक रामनरेश साह फरार भएका छन् ।

साहलाई मंगलबार दिउँसो अख्तियारको बर्दिवासबाट खटिएको टोलीले रङ्गेहात नियन्त्रणमा लिएको थियो । उनी औरही प्रहरी चौकीमा कार्यरत् थिए ।

बर्दिबासस्थित कार्यालयबाट गएको पाँच÷छ जनाको टोलीले प्रहरी चौकीमा साह र नवदुर्गा सःमिलका सञ्चालक दिनेश साहलाई नियन्त्रणमा लिएलगत्तै स्थानीयवासीले अवरोध गरेको र उनीहरु भाग्न सफल भएको प्रहरी स्रोतले जनाएको छ ।

जिल्लाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार अहिले औरहीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । –रासस

प्रतिकृया दिनुहोस