वैदिकलाई सर्वोच्चको न्यायाधीश बनाउन सहमति जुटेन
सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको न्याय परिषद्को बैठक विना निष्कर्ष स्थगित भएको छ ।
सर्वोच्च अदालतमा रिक्त रहेको एक न्यायाधीश पदमा नियुक्तिका लागि बसेको बैठक विना निष्कर्ष स्थगित भएको हो । बैठक प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षमा बसेको थियो ।
न्यायपरिषद् सदस्य रहेका पदम वैदिकलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा विरोध आएपछि बैठकले निर्णय गर्न नसेको हो ।
वैदिकलाई परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराले सर्वोच्चको न्यायाधीश सिफारिसका लागि प्रस्ताव गरेपनि कानून मन्त्री उपेन्द्र यादव तथा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले विरोध गरेपछि सहमति नजुटेको बताइएको छ । अर्को बैठक २५ गते बोलाइएको छ ।