उसुमा जुनी राईले जितिन् स्वर्ण, नेपालकाे अब स्वर्ण पदक संख्या ३५ पुग्याे
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी जुनी राईले ५६ केजी तौल समूहमा स्वर्ण जितेकी छिन् ।
योसँगै नेपालको स्वर्णपदक संख्या ३५ पुगेको छ ।
लगनखेलस्थित आर्मी कबर्ड हलमा भएको खेलमा श्रीलंकाकी माडुमालीलाई पराजित गर्दै राईले स्वर्ण जितेकी हुन्।
तीन राउन्डको प्रतिस्पर्धामा जुनीले सुरूआती दुई राउन्ड नै जितेकी थिइन्।
नेपालले उसुबाट पाएको यो समेत पाँचौं स्वर्णपदक हो ।