तेक्वान्दोमा भुपेनले जिते स्वर्ण
तह्रौ दक्षिण एसियाली खेलकुद (साग) तेक्वान्दोमा नेपालको स्वर्ण संख्या १२ पुगेको छ । तेक्वान्दोबाट १२औं स्वर्ण भने भुपेन श्रेष्ठले जितेका हुन् ।
८७ केजी मनिको प्रतिश्पर्धामा भुपेनले स्वर्ण जितेका हुन् । उनले भारतीय खेलाडी अक्षय होडलाई २९–२६ को स्कोरमा पराजित गरेका हुन् ।
भुपेनले पहिलो र दोस्रो राउण्ड निकै प्रतिश्पर्धात्मक भएको थियो । तर, तेस्रोमा भने आफ्नो पक्षमा नतिजा पार्न उनी सफल भए ।
यो सँगै नेपालको स्वर्ण संख्या ३३ पुगेको छ ।