गौरिका सिंहले जितिन् पौडीमा पहिलो स्वर्ण, अब नेपालकाे स्वर्णपदक संख्या ३३
दक्षिण एसियाली खेलकुद (साग)मा गौरिका सिंहले पहिलो स्वर्णपदक जितेकी छन् । गौरिका यो स्वर्णसँगै नेपालको स्वर्णपदक संख्या ३३ पुगेको छ ।
सातदोबाटोस्थित पौडी पोखरीमा बुधबार भएको प्रतिस्पर्धामा गौरिकाले २०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् । उनले २ मिनेट ५.०६ सेकेण्डमा निर्धारित दूरी पूरा गरेकी हुन् ।
गाैरिकाले सन् २०१६ मा भएकाे सागमा रजत पदक जितेकी थिइन् ।