प्रधानमन्त्री ओलीलाई डिस्चार्ज
एपेन्टिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार डिस्चार्ज गरिएकाे छ ।
१० मंसीरमा प्रधानमन्त्री ओलीको शल्यक्रिया भएको थियो । शल्यक्रिया पछि शिक्षण अस्पतालमै रहेका प्रधानमन्त्री ओलीलाई दिउँसो तीन बजे डिस्चार्ज गरिने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
तर, प्रधानमन्त्री ओलीको मिर्गौलाले काम नगरिरहेकाले नियमित डायलासिस भने गरिनेछ ।