पौडीमा शाह र लामाको कीर्तिमान
दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा नेपालले दुई वटा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
पौडीको पहिलो दिन हिट चरणमा नेपालका एलेक्जेण्डर शाह र डुवना लामाले कीर्तिमान बनाएका हुन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा पुरुषतर्फ एलेक्जेण्डरले दुई मिनेट ०२ दशमलव ३० सेकेण्डमा दुई सय मिटर पार गर्दै शिरिष गुरुङको नाममा रहेको कीर्तिमान भंग गरे । गुरुङले दुई मिनेट ०६ दशमलव ३५ सेकेण्डमा पूरा गरेका थिए ।
डुवानाले भने दुई मिनेट ४८ दशमलव ५७ सेकेण्डमा दुई सय मिटर पार गर्दै आफ्नै कीर्तिमान सुधार गरिन् । यसअघि उनकै नाममा दुई मिनेट ५५ दशमलव ०९ सेकेण्डको कीर्तिमान थियो ।