भाइबरको ‘भाइबर समुदाय’प्रति बढ्दो आकर्षण
च्याटिङ एप भाइबरले ल्याएको ‘भाइबर समुदाय’ प्रति आकर्षण बढेको छ । केही समयअघि मात्रै भारबरले ल्याएको ‘भाइबर समुदाय’ सामुहिक कलका लागि उपयोगी भएकाले यसप्रति आकर्षण देखिएको हो ।
सेलिब्रेटी र उनीहरुको जीवनशैलीसँग नजिक रहिरहन भाइवरले नयाँ विशेषता ‘भाइबर समुदाय’ थप गरेको छ ।
यो विशेषतासँगै भाइवरको प्रयोगकर्ता समेत बढेको जनाइएको छ । ध्वनि र एनिमेसन सहित उपलब्ध स्टकर र इमोजीहरुको व्यापकताका कारण भाइवरले अझ प्रयोगकर्तालाई सहज बनाउने कार्यक्रम ल्याउने जनाएको छ ।