भुटान विरुद्ध नेपालको कीर्तिमानी जित
तेह्रौ दक्षिण एसिया खेलकुद (साग) क्रिकेटमा नेपालले भुटान विरुद्ध कीर्तिमानी जित निकालेको छ ।
नेपालले भुटानलाई १४१ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रियमा फराकिलो रन अन्तरले पराजित गरेको यो पहिलो पटक हो ।
नेपालका लागि पारस खड्काले दुई विकेट लिए भने करण केसी, पवन सर्राफ र ललितनारायण राजवंशीले समान एक–एक विकेट लिए ।
टस जितेर भुटानले फिल्डिङ रोजे पछि नेपालले २३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । यसअघि नेपालले यति ठूलो लक्ष्य प्रस्तुत गर्न सकेको थिएन ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । आक्रमक ब्याटिङ गरेका ज्ञानेन्द्रको टी–२० तर्फ पहिलो शतक हो । यसअघि पूर्व कप्तान पारस खड्काले मात्रै टी–२० मा शतक बनाएका छन् ।
टस जितेर फिल्डिङ राजेको नेपालका लागि कप्तान मल्लले ५५ बलमा १०७ रन बनाए । उनले ९ छक्का र पाँच चौका प्रहार गरे ज्ञानेन्द्रसँग ओपनिङमा आएका पारस खड्काले समेत अर्धशतक बनाए ।
उनले २८ बलमा ५७ रन जोडेका थिए । पारसले दुई छक्का र चार चौका प्रहार गरे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४५ र आरिफ शेखले ४ रन बनाउँदा भुटान विरुद्ध २३६ रन बनाए ।