खेलकुद विहीबार, मंसिर १९, २०७६

निमाले बनाइन् इतिहास, नेपाललाई ३०औं स्वर्ण

हिमालखबर

निमाले बनाइन् इतिहास, नेपाललाई ३०औं स्वर्ण

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा उसुको नानछ्वान अलराउण्डबाट नेपालकी निमा घर्तिमगरले स्वर्ण जितेकी छन् ।

पहिलो र दोस्रो राउण्ड गरी १८ दशमलव ९१ अंक प्राप्त गर्दै निमाले स्वर्ण जितेकी हुन् । पहिलो राउण्डमा ९ दशमलव १३ र दोस्रो राउण्डमा ९ दशमलव ६० अंक ल्याइन् ।

बांग्लादेशकी मोरजिना अख्तरले रजत र श्रीलंकाकी सञ्जु कुमारीले काँस्य पदक जितिन् । निमाले लगातार दोस्रो पटक स्वर्ण जितेकी हुन् । १२औं सागमा पनि उनले स्वर्ण जितेकी थिइन् । नेपालका लागि भने यो ३०औं स्वर्ण हो ।

 

प्रतिकृया दिनुहोस