खेलकुद विहीबार, मंसिर १९, २०७६

टी–२० अन्तर्राष्ट्रियमा कप्तान ज्ञानेन्द्रको पहिलो शतक

हिमालखबर

टी–२० अन्तर्राष्ट्रियमा कप्तान ज्ञानेन्द्रको पहिलो शतक

दक्षिण एसियाली खेलकुद ९साग० क्रिक्रेटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् ।

आक्रमक ब्याटिङ गरेका ज्ञानेन्द्रको टी–२० तर्फ पहिलो शतक हो । यसअघि पूर्व कप्तान पारस खड्काले मात्रै टी–२० मा शतक बनाएका छन् ।

टस जितेर फिल्डिङ राजेको नेपालका लागि कप्तान मल्लले ५५ बलमा १०७ रन बनाए । उनले ९ छक्का र पाँच चौका प्रहार गरे ।

ज्ञानेन्द्रसँग ओपनिङमा आएका पारस खड्काले समेत अर्धशतक बनाए ।

उनले २८ बलमा ५७ रन जोडेका थिए । पारसले दुई छक्का र चार चौका प्रहार गरे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४५ र आरिफ शेखले ४ रन बनाउँदा भुटान विरुद्ध २३६ रन बनाए । अहिले भुटान जवाफ ब्याटिङ गरिरहेको छ ।

प्रतिकृया दिनुहोस