साग फुटबलः श्रीलंका सँग नेपाल बराबर
तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा श्रीलंका र नेपाल बीच खेल बराबरमा सकिएकाे छ ।
नेपालले पहिलाे हाफमा एक-शून्यकाे अग्रता लिएकाे थियाे । कप्तान सुजल श्रेष्ठले खेलको ३६औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।
तर, दाेस्राे हाफकाे थपिएकाे अतिरिक्त समयमा सम्हालिन नसक्दा खेल बराबरीमा सकियाे ।
९१ मिनेटमा श्रीलंकाका खेलाडीले फ्रिकिकबाट गाेल गरे ।