तेक्वान्दोमा संगीताले जितिन् स्वर्ण
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) को तेक्वान्दोमा नेपालले थप स्वर्ण जितेको छ । ६७ केजी मुनिको प्रतिश्पर्धामा संगीता बस्यालले स्वर्ण जितेकी हुन् ।
उनले भारतीय खेलाडीलाई १९–८ को स्कोरमा पराजित गर्दै स्वर्ण जितेकी हुन् । यो सँगै तेक्वान्दो तर्फ नेपालले १०औं स्वर्ण जितेको छ ।