साइक्लिङमा नेपाललाई ऐतिहासिक दुई स्वर्ण
तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।
गोर्कणस्थित शहीद पार्कमा भएको डाउनहिलको पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।
यसै स्पर्धामा पुरुषतर्फ नेपालका निरभ श्रेष्ठले रजत पदक जिते भने महिलातर्फ नेपालकी जमुना थापाले रजतपदक हात पारिन् ।
सागको साइक्लिङमा नेपालले पहिलोपटक स्वर्ण पदक जितेको हो ।