नेपालले जित्यो थप दुई स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा बुधबार नेपालले थप दुई स्वर्ण जितेको छ ।
उसुमा बुधबार दीपक हमालले थाउलो स्वर्ण जिते । १९ दशमलव ३२ अंक जोड्दै हमालले स्वर्ण जित्दा भारतका साजन लामाले १९ दशमलव १२ अंक मात्रै जोडे ।
बुधर नै भएको अर्को इभेन्टमा नेपालका अनुपमा मगरले स्वर्ण जितिन् । कराँतेमा ६८ केजी माथिको तौल समूहमा मगरले स्वर्ण जितिन् ।
उनले पाकिस्तानका नार्गिसलाई ६–३ अकंले पराजित गरेकी हुन् । पाकिस्तानी खेलाडी एसियन काँस्य पदक विजेता हुन् । यो सँगै नेपालको स्वर्ण संख्या २५ पुगेको छ ।