महिला भलिबलमा इतिहास बनाउनबाट चुक्यो नेपाल
१३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलमा नेपाल इतिहास बनाउनबाट चुकेको छ ।
पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गरेको नेपाल भारतसँग पराजित हुन पुग्यो । पहिलो सेट २५–१७ मा भारतले जितेपनि दोस्रो र तेस्रो सेट नेपालले जितेको थियो ।
नेपालले भारत विरुद्ध नेपालले २५–२१ र २५–२३ को सेटमा जितेको थियो । तर, चौथों सेट नेपालले २५–२१ ले गुमायो । पाँचौ सेट नेपालले १५–६ ले पराजित हुँदै नेपाल रजत पदमा सीमित हुन पुग्यो ।
नेपालले समूह चरणमा बांग्लादेश र सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो ।