महिला भलिबलमा भारतविरुद्ध नेपालले जित्यो दोस्रो सेट
१३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलमा नेपालले लगातार दुई सेट जितेको छ ।
भारतविरुद्ध नेपालले २५–२१ र २५–२३ ले सेट जितेको छ । यसअघि भारतले एक सेट जितेको छ । भारतले २५–१७ ले पहिलो सेट जितेको थियो ।
टीम गेममा नेपाल यसै खेलबाट स्वर्ण जित्ने दाउमा छ । नेपालले विभिन्न २१ स्वर्ण जितिसकेको छ । तर, टीम गेममा भने नेपालको यो फाइनल खेल हो ।
नेपालले समूह चरणमा बांग्लादेश र सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो ।