महिला भलिवलमा नेपाल विरुद्ध भारतले जित्यो पहिलो सेट
१३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिवलमा नेपाल विरुद्ध भारतले पहिलो सेट जितेको छ ।
भारतले २५–१७ ले पहिलो सेट जितेको हो ।
टीम गेममा नेपाल यसै खेलबाट स्वर्ण जित्ने दाउमा छ । नेपालले विभिन्न २१ स्वर्ण जितिसकेको छ । तर, टीम गेममा भने नेपालको यो फाइनल खेल हो ।
नेपालले समूह चरणमा बांग्लादेश र सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो ।