खेलकुद मंगलबार, मंसिर १७, २०७६

१३औं सागः नेपालकाे २१ स्वर्ण पुग्याे, शीर्ष स्थानमा कायमै

हिमालखबर

१३औं सागः नेपालकाे २१ स्वर्ण पुग्याे, शीर्ष स्थानमा कायमै

१३औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन नेपालले थप ६ स्वर्ण जितेको छ । यो सँगै नेपालको २१ स्वर्ण पुगेको छ ।

तेस्रो दिन १० किलोमिटर दौडमा पहिलो पटक नेपालका लागि सन्तोषी श्रेष्ठले स्वर्ण जितिन् । सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेण्डमा पूरा गरिन् । भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काँस्य पदक जितेकी छन् ।

उसुमा नेपालले दुई स्वर्ण जितेको छ । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण जितेका हुन् । नेपालले दुवाथोलनमा पनि स्वर्ण जितेको छ । हिमाल टमाटाले स्वर्ण पदक जितेका हुन् ।

कराँतेतर्फ ६७ केजी तौल समूहमा नवीन रसाइलीले स्वर्ण पदक जिते ।

प्रतिकृया दिनुहोस