भुटानविरुद्ध नेपालको सहज जित, कप्तान श्रेष्ठले गरे दुई गोल
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भुटान विरुद्ध सहज जित निकालेको छ ।
दशरथ रंगशालामा भएको खेलमा कप्तान सुजल श्रेष्ठले दुई गोल गरे । घरेलु मैदानमा कप्तान श्रेष्ठले खेल शुरु भएको छैटौं मिनेटमै गोल गरेका थिए ।
कप्तानको गोलसँगै पहिलो हाफमा नेपालले भुटान विरुद्ध १–० को अग्रता निकाल्यो । दोस्रो हाफमा नेपालले तीन गोल थप गर्यो ।
दोस्रो हाफको ५०औं मिनेटमा कप्तान श्रेष्ठले थप एक गोल गरे । बाँकी दुई गोल भने अभिषेक रिजाल र मिक्चेन तामाङले गरे ।
६६औं मिनेटमा अभिषेक र ७७औं मिनेटमा तामाङले गोल गरे । तामाङले डिबक्स बाहिरबाट फ्रिकिकबाट गोल गरेका थिए ।