घर जल्दा ७५ वर्षीय वृद्धाको ज्यान गयो
पाँचथरको फालेलुङ गाउँपालिका–३ मेमेङमा जलेर एक वृद्धाको ज्यान गएको छ ।
गएराति साढे एघार बजे आफ्नै घरमा भएको आगलागीमा परी ७५ वर्षीया टंकरानी थाम्सुहाङको ज्यान गएको हो ।
टंकरानी घरमा एक्लै बस्ने गरेको बताइएको छ । मध्यरातमा आगोको मुस्लो देखेपछि गाउँलेहरू भेला भएको प्रत्यक्षदर्शाी गणेश थाम्सुहाङले बताए।
जलेको घर सरसफाइ गर्ने क्रममा उनको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रायः रातभर आगो तापेर बस्ने ती वृद्धाको कपडामा आगो सल्केर घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
–राधा लुइटेल