साग क्रिकेटः श्रीलंकासँग नेपाल पराजित
१३औं दक्षिण एसियाली खेलकुद (साग) को क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित भएकाे छ ।
१७३ रनको चुनौती पछ्याएकाे श्रीलंकाले ५ बल बाँकी रहँदै लक्ष्य भेटायाे । नेपालका लागि पवन सर्राफले दुई विकेट लिए । सुशासन भारी र साेमपाल कामीले एक/एक विकेट लिए पनि हार टार्न सकेनन् ।
उपकप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले ५ विकेट गुमाउँदै १७२ रन बनाकाे थियाे ।
शुरुवाति ब्याटिङ कमजोर भए पनि दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरे । दीपेन्द्रले ३४ बलमै अर्धशतक बनाएका थिए । उनी ४४ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ७२ रन बनाउँदै अविजित रहे ।
दीपेन्द्रसँग साझेदारीका क्रममा विनोद भण्डारीले २१ र पवन सर्राफले २२ रन बनाए । पूर्व कप्तान पारस खड्का एक रनमै आउट भए भने कप्तान ज्ञानेन्द्र मल्लले २० बलमा २१ रन मात्रै बनाए । आरिफ शेखले १५ बलमा १९ रन बनाएका थिए ।
दीपेन्द्रसँग अविजित रहेका करण केसीले एक रन जोडे । अहिले श्रीलंका जवाफी ब्याटिङ गरिरहेको छ ।