सागः नेपालको स्वर्ण २० पुग्यो, एथलेटिक्समा पनि उपाधि
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले एथलेटिक्समा पनि उपाधि जितेको छ । १० किलोमिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी हुन् ।
सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेण्डमा पूरा गरिन् । भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काँस्य पदक जितेकी छन् । यो सँगै, नेपालको पदक संख्या २० पुगेको छ ।