बाग्लुङमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु
बाग्लुङको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
कुलपुजाका लागि निसिखोला जाँदै गरेको ग १ ज ५२१९ नम्बर जिप दुर्घटनामा परेको हो । जिप दुर्घटना हुँदा घटनास्थलमै १४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र एक बालबालिका रहेको प्रहरीले जनाएको छ । तीन जनालाई भने उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ । घाइतेहरुलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
मृतकहरु पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।