श्रीलंकाविरुद्ध टस हारेर ब्याटिङमा नेपाल
१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आजदेखि पुरुष क्रिकेटका खेल हुँदैछन् । पहिलो खेलमा श्रीलंकाविरुद्ध टस हारेर नेपाल ब्याटिङ गर्दैछ ।
नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् । नेपालबाट पारस खड्का, विनोद भण्डारी, पवन सर्राफ, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, ललितनारायण राजवंशी, अविनास बोहोरा, करण केसी, सुसन भारीलगायत खेलाडी छन् ।
मध्यगतिका बलर राशिद खान पनि पहिलोपटक टीममा परेका छन् ।
सागमा नेपालसहित भूटान र माल्दिभ्सको राष्ट्रिय टोली तथा श्रीलंका र माल्दिभ्सका २३ वर्षमुनिको टोलीले प्रतिश्पर्धा गर्दैछन् ।
भारत र पाकिस्तानले भने भाग लिएका छैनन् । श्रीलंका टोलीको कप्तानी साम्मु असनले गरेका छन् ।