अर्थ/बजार सोमबार, मंसिर १६, २०७६

इन्धनको मूल्य बढ्यो

हिमालखबर

इन्धनको मूल्य बढ्यो

अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर रु दुई बृद्धि गरेको छ ।

अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दा समेत गत चार महिनायता मूल्य समायोजन नगरेकाले मूल्य बृद्धि गर्नुपरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

उनले आफूहरुले दशैँ, तिहार छठलगायत चाडपर्वका अवसरमा अन्तरराष्ट्रिय जगतमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर रु २० मूल्यान्तर रहेकामा रु १८ मूल्यान्तर हुने जनाए ।

हाल पेट्रोलका प्रतिलिटर रु १०७ र डिजेल ९५ रहेको थियो । उक्त मूल्य गत साउन २२ गते निर्धारण गरिएको थियो ।

प्रतिकृया दिनुहोस