सागमा नेपालले जित्यो दशौं स्वर्ण, कराँतेबाट मात्रै पाँच
कराँते पुरुष कुमुतेमा नेपालले थप स्वर्ण जितेको छ । नेपालका विप्लवमान श्रेष्ठले दशौं स्वर्ण जितेका छन् ।
उनले ८४ केजीमाथिको समूहमा स्वर्ण जितेका हुन् । पाकिस्तानी खेलाडी वाइस मोहम्मदलाई ६–५ को जित निकाल्दै उनले स्वर्ण जिते ।
यो जितसँगै कराँतेबाट मात्रै नेपालले पाँच स्वर्ण जितेको नेपालका लागि सवैगरी दश स्वर्ण जितिसकेको छ ।