सिद्धबाबालाई चार दिन थुनामा राख्न अनुमति
आफ्नै अनुयायीलाई जबरजस्तीकरणी गरेको आरोप लागेका चताराधामका धर्मगुरु सिद्धबाबालाई चार दिन थुनामा राख्न जिल्ला अदालत सुनसरीले अनुमति दिएको छ ।
तर, स्वास्थ्य समस्या देखिए पछि उनलाई अस्पताल नै लगिएको छ । एम्बुलेन्सबाट अदालत लगिएका सिद्धबाबालाई अदालतको आदेशअनुसार, फेरि अस्पताल नै लगिएको प्रहरीले जनाएको छ ।
अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबालाई विराटनगर अस्पतालको आईसीयूबाटै पक्राउ गरिएको थियो । पक्राउ परेका सिद्धबाबालाई प्रहरीले जबरजस्तीकरणी मुद्दामा अनुसन्धान गरिरहेको छ ।