मृतक पति र जनताको सपना पुरा गर्छुः वली
दाङ क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला वलीले सधैँ जनताको पक्षमा रहेर काम गर्न प्रतिबद्धता जनाएकी छन् ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाबाट विजयीको प्रमाणपत्र लिएपछि वलीले पश्चिमका जनताले अमूल्य मत प्रदान गरी विजयी बनाएकामा धन्यवाद दिइन् ।
“आफूलाई जनताले आफ्ना दिवंगत श्रीमान् उत्तरकुमार वलीको सपना पूरा गर्ने जिम्मेवारी सुम्पेका छन्, म जिम्मेवारीलाई पूरा गरेर छाड्नेछु ।”
मतदानमा सहभागी मतदाता, सुरक्षामा खटिने सम्पूर्ण सुरक्षा निकाय, मतदान अधिकृत कार्यालयमा प्रमुख तथा प्रतिनिधि, सरकारका सबै तहका कर्मचारी, पार्टीका नेता तथा कार्यकर्ता, सञ्चारकर्मी तथा सबैलाई धन्यवाद दिइन् ।