टीम कातामा पनि नेपाल विजयी
दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा करातेतर्फ महिला टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ । पाकिस्तानलाई फाइनलमा हराउँदै नेपालले स्वर्ण जितेको हो ।
नेपाली टीममा सरु कार्की, निर्मला तामाङ र संगीता मगर छन् । नेपालले २४ दशलवम ८८ अंक ल्याउँदा पाकिस्तानले २३ दशमलव ३ अंक ल्याए । नेपालले यसअघि तीन स्वर्ण जितिसकेको छ ।