नेपालका लागि दोस्रो स्वर्ण कमल श्रेष्ठले जिते
दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म दुई स्वर्ण र एक रजत जितेको छ ।
मण्डेकाजी श्रेष्ठले एकल कातातर्फ स्वर्ण जितेको केही बेरमै तेक्वान्दोका कमल श्रेष्ठले स्वर्ण हात पार्न सफल भए । भारतका राहुल जैनलाई हराउँदै कमलले स्वर्ण जितेका हुन् ।
स्वर्ण हात पार्न कमलले तेक्वान्दोको पुम्से इभेन्ट्समा ८ दशमलव २७० अंक प्राप्त गर्न सफल बने ।